कैलाली । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ ।
गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा आउने भएको हो ।
निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशका डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्रलगायत कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ ।