असोज ५ गते देखि आन्तरिक उडान हुने, टिकट बुकिङ खुला

15

काठमाडौँ । असोज ५ देखि आन्तरिक उडान सुचारु हुने भएको छ ।

बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुरु गर्ने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो ।

वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने अडान लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।

मन्त्रालयको यो निर्णयसँगै केही निजी कम्पनीले टिकट बुकिङ खुला गरेका छन्।