काठमाडौँ ।नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा आएको छ ।
आज एक समारोहकाबिच नेकपाका नेता माधवकुमार नेपालले सो मिनीबसको उद्घाटन गरेका हुन् ।
भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको हो ।
कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।