काठमाण्डौँ । टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा उपलब्ध हुने भएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गरेको हो ।
सिप्रदीले टाटा अल्ट्रोज डिजिटल प्रबिधिमार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो ।
गाडी सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकल इन्टरनेशनल बिजनेस हेड सुजन रोयले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पु¥याउनेमा आफू विश्वस्त रहेको बताए ।
यसैबीच सिप्रदी ट्रेडिङ प्रालीले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेर बिहीबारदेखि नेपालभरिका सबै डिलरमार्फत गाडीको बुकिङ पनि खुला गरेको छ ।
टाटा अल्ट्रोजमा आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका विशेषता छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी र डुअल एअर ब्यागहरु छन् ।