दोहोरो निर्णयले प्रदेश नं १ मा गाडी सञ्चालनमा अन्यौल

144

काठमाडौं। संघीय सरकारको दोहोरो निर्णयका कारण प्रदेश नं १ मा सार्वजनिक सवारी सञ्चालनमा अन्यौलता छाएको छ ।
मन्त्रिपरिषद्को निर्णयले असोज ५ गतेबाट लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्ने घोषणा गरको थियो । तर सो निर्णय लिएको २४ घण्टा पनि नबित्दै असोज १ गतेबाट सवारी सञ्चालन गर्ने निर्णय आएपछि प्रदेश नं १ मा यातायात सञ्चालनमा कठिनाई भएको हो ।

सोबारे यातायात टाइम्ससंग कुरा गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश नं १ संयोजक सरोज श्रेष्ठले दोहोरो कुरा आउँदा यातायात सञ्चालनमा सकस भएको बताएका छन् ।

सरकारले गरेको असोज १ गतेबाट गाडी सञ्चालन गर्ने अन्तिम निर्णय गरे पश्चात् पनि फरक फरक मितिमा गाडी चलाउने भन्ने निर्देशन आएपश्चात् प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा व्यवसायीहरू अन्यौलमा परेका हुन् ।

अर्कोतर्फ प्रदेश १ मा ५ गतेबाट गाडी चलाउने तयारी गरिएको थियो । यसमा पनि प्रदेश र जिल्ला प्रशासन कार्यालयबाट फरक फरक मितिमा गाडी चलाउने कुरा आएकोले टुंगोमा पुग्न नसकिएको प्रदेश संयोजक श्रेष्ठले भने ।
१ नं प्रदेश संयोजक श्रेष्ठले यातायात टाइम्ससंगको कुराकानीमा भने । “ बुधबार रातिसम्म पनि आधा घण्टाको फरकमा मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २ वटा कुरा आएपनि कसरी गाडी चलाउने ?” उनले आक्रोश व्यक्त गरे ।

एउटा सानो त्रुटीले निकै अन्यौल हुने भन्दै जिम्मेवार पदमा रहेकाहरूले यस्ता गल्ती दोहो¥याउन नहुने उनको तर्क छ ।
प्रदेश नं १ मा ६ हजार ८ सय ७५ बस तथा १८ हजार ५ सय टेम्पु रहेका छन् । देशका अन्य भेगमा आजबाट गाडीहरू सञ्चालनमा आएपनि प्रदेश नं १ मा भने अन्यौलता भएको हो ।