कोरोना महामारीका कारण काठमाडौँ – तराई द्रुतमार्गको काममा बाधा

26

काठमाडौँ । कोरोना महामारीका कारण काठमाडौँ – तराई द्रुतमार्गको काममा बाधा पुगेको छ ।

काममा अवरोध पुगेपनि समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको नेपाली सेनाले जनाएको छ ।

काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले कोरोना महामारीका कारण भने काममा केही बाधा भएको जनाएको हो ।

आयोजनालाई पूर्णपारदर्शी, नियम संगत र गुणस्तरीय रुपमा समय सीमाभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको भन्दै सेनाले भदौं मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।