काठमाडौं । पोखरा आफैंमा सुन्दर नगरी । पोखराको सुन्दरता हेर्न अनि फोटोमा कैद गर्न नेपाली मात्रै होइन विदेशीहरू समेत लालायित हुने गर्दछन् ।
फेवाताल, माछापुच्छ्रे हिमाल लगायत जति हेरे पनि र जति पटक घुमे पनि नअघाउने यहाँ थुप्रै पर्यटकीय गन्तब्यहरू रहेका छन् । तर प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पछिल्लो समय कुरुप बन्दै गएको छ ।
बढ्दो शहरीकरण, अस्तव्यस्त तार अनि मापदण्ड विपरीत निर्मित अग्ला भवनहरूले यहाँको सुन्दरतालाई बिगारेको छ । यतिमात्रै हैन, पछिल्लो समय फेवाताललाई समेत जलकुम्बीले कुरुप बनाई दिएको छ ।
यसले नेपालकै प्रमुख पर्यटकीय गन्तब्य पोखराको पहिचानमा नकरात्मक असर पुग्न सक्छ । तस्बिरमा हेनुहोस्