काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै सडकमा चहल पहल बढेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेसंगै सडकमा भिडभाड बढ्न थालेको हो ।
आजबाट निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन भएका छन् ।
ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौंको जडिबुटी,कोटेश्वर, तिनकुने र बानेश्वरको सडक यस्तो देखियो ।