यातायात मजदुरहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।
लामो समयको लकडाउन र निषेधाज्ञाका कारण यातायात मजदुरहरूको अवस्था झनै दयनीय बन्दै गएको हो । यातायात क्षेत्रमा देशभर ११ लाख मजदुर रहेका छन् ।
तर लामो समयसम्म पनि गाडी नचल्दा उनिहरूको अवस्था दयनीय बन्दै गएको हो ।
यातायात टाइम्ससंगको कुराकानीमा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्कीले भने “ रोगले भन्दा पनि भोकले भर्ने डर भयो ।” अब सुरक्षाका मापदण्ड अपनाएर गाडी चल्ने वातावरण बनाउनु पर्ने उनले स्पष्ट पारे ।
कोभिड–१९ को प्रभाव कहिलेसम्म रहने यकिन गर्न सक्ने अवस्था नरहेकाले कोरोनासंग अभ्यस्त हुँदै अघि बढ्नुपर्ने मजदुरहरू बताउँछन् ।
हुन त यातायात व्यवसायीहरू पनि अब निषेधाज्ञा खोल्नुको विकल्प नरहेको बताउँदै आएका छन् । तर सार्वजनिक यातायात चलाउँदा भीडभाड बढ्ने र कोरोना भाइरस फैलने जोखिम बढ्ने भन्दै सरकारले यातायात तत्काल खुलाउने बारे आनाकानी गर्दै आएको छ । तर व्यवसायीहरू भने अब गाडी खुलाउनै पर्ने भन्दै आन्दोलनमै होमिन थालिसकेका छन् ।
मजदुरहरूले पनि कोरोनाको प्रभाव वर्षौं सम्म रहे वर्षौसम्म नै गाडी रोक्ने त ? भन्दै प्रश्न गर्दै आएका छन् ।
अब आफैं बाँच्न सक्ने अवस्था नआएको भन्दै राज्यले गाँस, बास र कपासको व्यवस्था गर्नु पर्ने उनिहरूको माग छ ।