१५ प्रतिशत ट्रकहरू मात्र सञ्चालनमा, ८५ प्रतिशत ग्यारेजमै

477

काठमाण्डौ । लकडाउन र निषेधाज्ञाको समयमा खाद्यान्न आपूर्तिका लागि १५ प्रतिशत ट्रकहरू मात्र सञ्चालनमा रहेका छन् ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको मारमा ट्रक व्यवसाय पनि नराम्रोसंग प्रभावित भएको ट्रक व्यवसायीहरूले गुनासो गरेका छन् । यातायात टाइम्ससंगको कुराकानीमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले ८५ प्रतिशत ट्रक थन्किएर बसेको बताए ।

चलेका १५ प्रतिशतले पनि लगातार ट्रिप पाउँदैनन् । महासंघका महासचिव बानियाँले भने “ पहिला ४ दिनमा ट्रकले ट्रिप पाउँथे, अहिले एक ट्रिप पाउन ७–८ दिन कुर्नुपर्छ । सामान बोकेका ट्रकहरू पनि निकै कठिन भएको व्यवसायीहरूको गुनासो छ । बाहिर देख्दा ट्रकहरू सञ्चालन भइरहेको देखिएपनि ठूलो संख्यामा मालबाहक गाडीहरू थन्किएका छन् । जसले गर्दा एकातिर बैंकको किस्ता तिर्न निकै धौ-धौ”परेको छ भने अर्कोतर्फ गाडीका टायर तथा मेशिनहरू बिग्रिएर पुनर्मर्मत गर्नुपर्ने अवस्था आएको छ । यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने व्यवसायीको माग छ ।