यातायात जगत र यससंग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण तह तप्काका विषयबस्तुमा केन्द्रित रहेर विगत एकदशकदेखि छापा तथा विद्युतिय सञ्चार माध्यम मार्फत् यातायात, सडक, अटोमोबाइल, हवाई यातायात, पर्यटन लगायतलाई समेटेर “यातायात टाइम्स” साप्ताहिक, “यात्रा टाइम्स”पाक्षिक, दैनिक रेडियो कार्यक्रम “यात्रा” (क्यापिटल एफएम ९२.४ मेगाहर्ज, काठमाडौ, रेडियो सारङ्गी १०१.३ मेगाहर्ज
पूर्वाञ्चल र रेडियो सारङ्गी ९३.८ मेगाहर्ज पोखरा), दैनिक टेलिभिजन कार्यक्रम “हाम्रो यातायात” (टिभी टुडे टेलिभिजन) प्रकाशन र प्रशारण गरि समस्त यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित एवं सुदृढ गराउन केही हदसम्म सघाउ पुर्याउन सकिन्छ कि भन्ने अभिप्रायले हालसम्म निरन्तर रुपले अघि बढिरहेको सहर्ष अवगत गराउन चाहन्छौं।
समयसापेक्ष यस विधालाई पनि परिमार्जन गर्नुपर्छ भन्ने कुरालाई हृदयङ्मम गरि युगले मागेको डिजिटल प्रविधि अनलाइन (इन्टरनेट माध्यम) पत्रिका सञ्चालन गर्ने उद्देश्यका साथ ” यातायात टाइम्स डटकम” अारम्भ गरेका छौं । यसलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउनको निम्ति विगतमा झैं अागामी दिनमा पनि यहाँहरूबाट उत्तिकै साथ, सहयोगका साथै अमूल्य एवं सारगर्वित सल्लाह सुझाव प्राप्त हुनेछ भन्ने अाशा एवं पूर्ण विश्वास लिएका छौं ।
जय यातायात !!