केटीएम ३९० एडभेन्चर सार्वजनिक

138

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्डले केटीएम ३९० एडभेन्चर सार्वजनिक गरेको छ । नेपालभरका केटीएम शोरुमहरुमा केटीएम ३९० एडभेन्चर नौं लाख ९९ हजार नौं सयको मूल्यमा बुकिङ्ग सुरु भएको छ । यो बाइकको बिक्री सुरु भइसकेको छ ।
नेपालको एडभेन्चर राइडिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एडभेन्चरले केटीएममा नै शानदार आगमन गरेको छ । गएका वर्षहरुमा एडभेन्चर यात्रा र अफरोड राइडिङमा मानिसहरुको चासो बढिरहेको हामी सबैले देखेका छौं । यही बदलिँदो ट्रेण्डलाई ध्यानमा राखेर एडभेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एडभेन्चर बनाइएको कम्पनीले बताएको छ ।

यसको ‘रेडी टु रेस’ मन्त्रका साथ, केटीएमसँग मोटरस्पोर्टसहरूमा अतुलनीय इतिहास छ । जसमा, ६६ वर्ष भरिमा ३०० भन्दा विश्व च्याम्पियनशिपहरूको गौरवमय जित छ । डाकर र्याली नामक सबैभन्दा कठिन र्यालीमा केटीएमले लगातार प्रभुत्व जमाउँदै आएको छ । २००१ पछि आफ्नो केटीएम ४५० र्यालीको साथ १८ पटक च्याम्पियनशिप जितिसकेको छ । केटीएम ३९० एडभेन्चर वास्तवमा डाकर विजयी केटीएम ४५० र्यालीबाट प्रेरित छ ।

केटीएमको उच्च इतिहासबाट प्रभावित र्याली रेसिङ्गमा चेसिस, प्रोफाइलिंग र अन्य विशेषता जस्तै कि ठूलो इन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्शनको व्यवस्था छ ।

३९० एडभेन्चर, एडभेन्चर यात्राको लागि बनाइएको कम्पनीले बताएको छ । जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएमको अगाडिको व्हिल भएको डब्लुपीको लामो दुरीको ट्राभल सस्पेन्शन छ । मेटजेलरको नोबी टायरहरु, २००एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, लङ्ग व्हिल बेस, विस्तारीत विण्डसिल्ड र इञ्जिनको लागि सुरक्षित बेस प्लेट छ ।

केटीएम ३९० एडभेन्चर विशेष गरी त्यस्ता राइडरहरु प्रति लक्षित छ । जो जस्तो सुकै उबड–खाबड तथा साँगुरो बाटो, अफरोड, ग्राभल, पानीक्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दूरीको यात्रा गर्न चाहन्छन् ।