हिमालय एयरलाइन्सले पायो सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

17

काठमाडौँ । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ ।

हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्नो विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ । हाल यस्तो सुविधा अरु एयरलाइन्सलाई छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब हिमालय एयरलाइन्सले आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्ति ल्याएर आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्नेछ ।