काठमाडौँ । साउदी अरबको रियाद तथा दमामबाट काठमाडौंका लागि ३० वटा नियमित उडान हुने भएको छ। साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान हुने जनाउँदै उडान तालिका सार्वजनिक गरेको हो ।
दूतावासका अनुसार नेपाल एअरलाइन्सले अक्टोबर ३,४,७,९ र १० तारिखमा रियादबाट उडान हुने जनाउँदै नेपाल जानका लागि टिकट लिन सकिने जनाएको छ । यसैगरी हिमालय एअरलाइन्सले दमाम बाटै सेप्टेम्बर अक्टोबर १ देखि २४ तारिख सम्म हरेक दिन गरि २५ वटा उडान हुने जनाएको छ ।
नेपाल सरकारको पछिल्लो पत्रअनुसार सेप्टेम्बर २७ र २८ तारिख सलाम एअरले रियादबाट उडान गर्ने समेत दूतावासले जनाएको छ ।
सो उडानको भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम १७५० साउदी रियाल नै हुने दूतावासले जनाएको छ ।
यसअघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २८ तारिखमा दमामबाट उडान गर्नेछ । यसैगरी, हिमालय एयरलाइन्सले सेप्टेम्बर २६ र २९ तारिखमा रियादबाट उडान गर्ने जनाएको छ ।