काठमाडौं । बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा काठमाडौंको क्षेत्रपाटीस्थित ह्वाइट हाउस लाउन्जको सभाकक्षमा शनिबार सम्पन्न भएको छ।
क्लबका अध्यक्ष डा. मनिशरत्न बज्राचार्यको सभापतित्व तथा क्लबका संस्थापक अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री माननीय शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
सभामा अक्षेश्वर महाविहारका अध्यक्ष राजेश शाक्य, नेपालभाषा मंकाः खलका सचिव राजा शाक्य, कार्टुनिस्ट रविन साय्मि लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका उपाध्यक्ष अल्बर्ट बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी, महासचिव मोनिश मानन्द बज्राचार्यले क्लबको वार्षिक प्रगति तथा वर्षभरि सञ्चालन गरिएका गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष आकाशा बज्राचार्यले क्लबको आर्थिक अवस्थासहितको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सभामा क्लबका पूर्व अध्यक्ष सुजन बज्राचार्य, निवर्तमान अध्यक्ष सर्जु बज्राचार्य लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभाले क्लबले विगत एक वर्षमा सञ्चालन गरेका विभिन्न गतिविधिको समीक्षा गर्दै आगामी दिनमा क्लबका कार्यक्रम तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको थियो। कार्यक्रमको सञ्चालन कल्पना बज्राचार्यले गर्नुभएको थियो।















