चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

0

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–३ का ५५ वर्षीय तेजबहादुर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार शनिबार (माघ १७) दिउँसो घरनजिकैको बाटोमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ ।