व्यवस्थित र प्रभावकारी सेवाका लागि बेथानचोक गाउँपालिकाको  आग्रह 

0

काभ्रे । बेथानचोक गाउँपालिकाले व्यवस्थित र प्रभावकारी सेवाका लागि सम्बन्धित सबै निकाय र सेवाग्राहीले आआफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले वडाबाट प्राप्त गर्ने सेवा सुविधालाई वडागतरुपमा नै सम्पर्क गर्ने र  सबै बालबालिकालाई विद्यालय पठाउन अनुरोध गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

जन्म, मृत्यु, बसाइसराई, सम्बन्ध विच्छेद, विवाह दर्ता, सम्बन्धी व्यक्तिगत घटना, दर्ता  समयमा नै गर्ने, सबैले आआफ्नो घरमा नै शौचालय निर्माण गर्ने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आवश्यक योग्यता तथा कागजात बारे सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्ने, राष्ट्रिय भवन सहिताको पूर्ण पालना गरी मापदण्ड अनुसार घर निर्माण गर्ने, आमा र बच्चाको सुरक्षाको लागि बर्थिङ सेन्टरमा सुत्केरी गाउन आग्रह गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै गाउँपालिकाले सबै प्रकारको फोहोरलाई एकै ठाउँमा नथुपारी वर्गीकृत गर्दै कुहिने र नकुहिने फोहोर छुटाउने, प्लास्टिकजन्य फोहोर आगोमा नबाल्ने, कुनै पनि व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्ने, आधुनिक कृषि प्रणाली अपनाइ व्यावसायिक कृषि कार्य गर्ने र उन्नत नस्ल सुधारका पशुपालन गरी रोजगारी सिर्जना गर्ने र सबै संस्कृति र सभ्यताको जर्गेना गर्दै पहिचानलाई संरक्षण गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न बेथानचोक गाउँपालिकाले सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।