जागरण समूहको बृहत् रक्तदान तथा सरसफाइ सम्पन्न

36

चाँगुनारायण । जागरण समूहको आयोजनामा बृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । श्री जागरण समूहको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित चाँगुनारायण मन्दिर मुनी सरसफाइ तथा नगरकोट भ्रमण वर्ष सफलताको शुभकामना नयाँ वर्षको शुभकामना तथा रक्तदान कार्यक्रम गरेको थियो ।

कार्यक्रममा प्रतिकुल मौसमका बिच पनि २० जनाले रक्तदान गरेको आयोजक उद्धव खड्काले जानकारी दिनुभएको छ ।

सामाजिक सेवामा काम गर्दै आएको जागरण समूह तथा आसपासका दाजुभाइले पत्रकार तथा चाँगुनारायण नगरपालिकाका पूर्व कार्यपालिका सदस्य कुमार आच्छामि १२८००० सहयोग गरेको थियो ।

उहाँका अनुसार समूहको आयोजनामा भएको रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री उपमेयर रमेश बुढाथोकी, रेडक्रसका भक्तपुरका सभापति परशुराम पाण्डे, चाँगुनारायण न.पा. वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की लगायत विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विदेशी पर्यटकको समेत सहभागिता रहेको खड्काले जानकारी दिनुभयो ।

जागरण समूहले आफ्नो क्षेत्रमा सरसफाइ देखि सामाजिक कार्यमा हातमा हात मिलाउँदै समाज उत्थानका लागि काम गर्दै आएको छ । २०७०।७१   साल देखि नवीकरण नभएर २०८०।८१ मा नवीकरण भएको उक्त संस्था दिलीप खड्का को अध्यक्षतामा १२८ जना आजीवन सदस्य रहेका छन् । संस्थाले आफ्नो सदस्य शुल्क १००० र अन्य सहयोग ५०० गरी १५०० दरले १२८ जना आजीवन सदस्य विस्तार गरेको  श्री जागरण समूहको  पूर्व अध्यक्ष उद्धव खड्काले जानकारी गराउनु भयो ।

जागरण समूहको अध्यक्षमा हाल दिलीप खड्का, उपाध्यक्षमा इन्द्रलाल बाटा, सचिवमा कमल प्रसाद न्यौपाने, कोषाध्यक्षमा उज्वल खड्का, सहसचिवमा राधाकृष्ण न्यौपाने, सदस्यहरूमा प्रल्लाद भुजेल, मनोरञ्जन मल्ल ठकुरी, प्रमोद खड्का, किरण मल्ल ठकुरी, मिलन खड्का र रुपेश राज न्यौपाने रहनुभएको छ ।