काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।
ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।
कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।