सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार समूहको सम्पन्न ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक शिव गाउँलेका अनुसार पन्थी १ सय ४९ मतसहित विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा बसन्ती बास्तोला १ सय २८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत प्राप्त गरिन्। त्यस्तै महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भइन् । यसैगरी सचिवमा उर्वशी बस्न्यात १ सय ७ मतसहित विजयी हुँदा नुनुता राईले १०३ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा साजना तामाङले १ सय २० मतसहित विजय प्राप्त गर्दा मन्जिमा ढकालले एक सय ५ प्राप्त गरिन् । यस्तै सदस्यहरूमा कल्पना शर्मा १ सय ८२, कालिका शिवाकोटी १ सय ४४, तारा चापागाइँ १ सय ११, दीपा रेग्मी १ सय १६, देवी सापकोटा १ सय १०, विष्णु पन्थी १ सय ३७ र सम्झना बन १ सय १५ मतसहित विजयी भए ।
अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नव निर्वाचित अध्यक्ष पन्थीले सञ्चारिका समूहको उद्देश्यअनुसार काम गर्ने बताएकी छन् । सञ्चारिका स्थापनाको लक्ष्यलाई नै हामीले बलियो ढङ्गबाट अगाडि बढाउने उनको प्रतिवद्धता छ ।