दलचोकीमा जैविक विविधता प्रतियोगितात्मक प्रदर्शनी हुने

19

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको दलचोकीमा रैथाने कृषि जैविक विविधता प्रतियोगितात्मक प्रर्दशनी मेला हुुने भएको छ । माघ २२ गते मंगलबार दलचोकी सामुदायिक वीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्रमा प्रतियोगितात्मक प्रर्दशनी हुुने भएको हो ।
दलचोकी सामुदायिक वीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्र कोन्ज्योसोम गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा खाद्यन्न तथा दलहन बाली, फलफूल, नगदे बाली जडिबुुटी, मसाल तरकारी कन्दमूल तथा जरे बाली, कृषि औजार तथा उपकरण र स्थानीय पशुुपंक्षी उपज तथा परिकाहरु राखिने जनाइएको छ ।