कोन्ज्योसोम गाउँपालिकाले वातावरणीय परीक्षणको प्रतिवेदनको सार्वजनिक सुनुवाइ गर्ने

4

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनले पार्ने प्रभावका बारेमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
कोन्ज्योसोम गाउँपालिका वडा नं. २ स्थित् बुर्चेको मोडदेखि ड्याम रोडसम्मको सडकको स्तरउन्नतीका लागि प्रारम्भिक वातावरीय परीक्षण प्रतिवेदन निर्माण कार्य भएकाले उक्त प्रतिवेदनको सन्दर्भमा गाउँपालिकाले सार्वजनिक सुनुवाइ आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
प्रतिवेदन तयार गर्ने क्रममा उक्त क्षेत्रको जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र साँस्कृतिक प्रणालीको बीचमा के कस्तो प्रभावका बारेमा एकिन गर्न सार्वजनिक सुनुवाइ आयोजना गर्न लागिएकाले उपस्थितिका लागि गाउँपालिकाले सरोकारवाला सबैमा आग्रह गरेको छ ।
सार्वजनिक सुनुवाइ मंसिर १२ गते कोन्ज्योसोम गाउँपालिकाको वडा नं. २ कार्यालय शंंखुमा विहान ११ बजे आयोजना गरिने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।