भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

23

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको पर्खाल तथा गेट भत्काएको विषयमा भक्तपुर क्याम्पस स्ववियूले बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विद्यार्थीहरुसँगको भेटघाटका क्रममा स्ववियू सभापति पुकार पराजुली सहितको टोलीले मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्र बुझाउँदै स्ववियू सभापति पुकार पराजुलीले क्याम्पसको हालको अवस्था तथा नगरपालिका सँगको विवादका कारण भक्तपुर क्याम्पसमा पर्ने गरेको समस्याको सम्वन्धमा जानकारी गराउनुभएको थियो ।