विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे ।
को१ख ४६०१ नम्बरको नरसिंह डिलक्स बसमा ६ जना महिला, ६ पुरुष, दुई बालक र तीन जना चालक र सहचालक गरी १७ जना रहेको सशस्त्रका प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार १२ जनाको कोशी हेल्थ केयर अस्पताल सुनसरी, भारदह अस्पताल ४ जनाको उपचार भइरहेको छ ।
बस चालक इलाका प्रहरी भारदहको नियन्त्रणमा रहेका छन् ।