प्रम ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार

4

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार प्रदान गरिएको छ ।
साथै प्रधानमन्त्रीसमक्ष नगरकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गराउन समेत अनुरोध गर्दै नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप प्रधानमन्त्रीलाई लोगो अङ्कित टिसर्ट उपहार उपलब्ध गराइएकाे चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए ।
चागुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल, कमलबिनायक नगरकोट सडक, वीर अस्पतालको विस्तार लगायतका विषयमा ध्यानाकर्षण गराउन पुगेको टाेलीले साे विषयसँगै प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन् ।
टाेलीमा चाँगुनारायण नगरपालिकाका उप प्रमुख रमेश बुढाथोकी, वडा ६ का अध्यक्ष धनबहादुर लामा, वडा नं ७ का अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, नेकपा एमाले भक्तपुरका सचिव बिष्णु तामाङ, नेकपा एमाले चाँगुनारायणका अध्यक्ष रामप्रसाद तिमल्सिना, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरूङलगायत थिए ।
साे अवसरमा विगत ११ वर्षदेखि भक्तपुर – नगरकोट सडक निर्माण हुन नसकिएको र हालैको अविरल बर्सातका कारण अत्यन्तै जीर्ण अवस्थमा पुगेको हुँदा तत्काल निर्माण गराउन र निर्माण नगरे ठेक्का रद्द गराउन प्रधानमन्त्री ओली र भौतिक पुर्वाधार मन्त्रीसमक्ष नगरकोटको तर्फबाट ध्यानाकर्षण गरिएको वडा अध्यक्ष लामाले बताए ।