नेपाल निजामती कर्मचारी संगठनद्वारा तीजको अवसरमा सुभकामना आदानप्रदान

9

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले हरितालिका तीजको अवसरमा सुभकामना आदानप्रदान गरेको छ ।
शुक्रबार काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संगठनले शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपा (एमाले) का सचिव पद्मा अर्यालले निजामती कर्मचारी संगठनले हरितालिका तीजलाई साँस्कृतिक उत्सवको रुपमा मनाएर साँस्कृति जर्गेना गर्ने कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । उक्त अवसरमा संगठनले नेपाल सरकारका मुख्यसचिव लीलादेवी गडतौलालाई सम्मान गरेको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी सगठनका अध्यक्ष लेखनाथ कोइरालाले संगठनले हरेक वर्ष महिला कर्मचारीलाई उत्साह प्रदान गर्न र सँस्कृति जर्गेना गर्ने उद्देश्यले तीजको अवसरमा शुभकामना आदानप्रदान गर्दै आएको बताउनुभयो ।
निजामती कर्मचारी संगठनका उपमहासचिव एवं महिला विभाग प्रमुख विजया सुवेदीले कर्मचारी संगठन मध्ये अब्बल सावित हुँदै आएको नेपाल निजामती कर्मचारी संगठनले कर्मचारीको हकहितका लागि पैरवि गर्नुका साथै तिजमा शुभकामना आदानप्रदान गरी सँस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सो अवसरमा नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठनका महिला विभाग प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न तहका गरी करिब एक हजार ५०० जना भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको जनाइएको छ । निजामती कर्मचारी संगठनले हरेक वर्ष तीजको अवसरमा साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।