को हुन् लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस भएका मगर ?

9

बुटवलमा । सरकारले लुम्बिनी  प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्ती मगरलाई सिफारिस गरेको छ। रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी घर्ती मगर लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका हुन् ।

घर्ती रोल्पा जिल्लामा दुई पटक नेपाली कांग्रेसको पार्टीको जिल्ला सभापति चुनिएका थिए । १४ वर्ष जिल्ला सभापति भएर काम समेत गरेका उनी कांग्रेस फुट्ने बेलामा हालका पार्टी सभापति शेरबहादुर देउवा तर्फ लागेर प्रजातान्त्रिक कांग्रेसबाट जिल्लाको नेतृत्व गरेका थिए ।

२०१६ सालमा  जन्मिएका घर्तीले १२ औँ महाधिवेशनमा भएको जिल्ला अधिवेशनबाट हाल प्रदेशको सभापति रहेका अमर सिंह पुनलाई हराएर सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि मात्रै अमर सिंह पुन जिल्लाको सभापति बन्न पाएका थिए । २०४९ सालमा गाविस अध्यक्ष भएका र हाल सम्म लाभको पदमा नगएका उनलाई यस अघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो ।

नेविसंघबाट राजनीति सुरु गरेका मगर पटक पटक आन्दोलनमा क्रममा जेल समेत जानू परेको थियो । उनी पार्टीको आमन्त्रित केन्द्रीय सदस्य  समेत  रहेमा थिए ।