करेन्ट लागेर वीरगन्ज कारागारमा कैदीबन्दीको मृत्यु

4
File source: http://www.wikihow.com/Image:Treat-a-Victim-of-Electrical-Shock-Step-4-Version-2.jpg

वीरगन्ज । वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो।

वीरगन्ज कारागारमा ०७५ सालदेखि जेलजीवन बिताउँदै आएका उनको कारागारको मेसमा काम गर्ने समयमा करिब साढे ११ बजे करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिए।

बोगटीका अनुसार जवरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर मृत्यु भएको हो। मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरी निरिक्षक बोगटीले बताए।