ओलीको निवासमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु

6

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षाका लागि खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

शनिबार बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।

भक्तपुर अस्पताल पुर्‍याइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघात भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जनकारी दिए  ।