भक्तपुर । सूर्यविनायक नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको १६ औं नगरसभामा नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले आगामी बर्ष कम्तीमा २५ जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने र व्यवसायीलाई व्यवसाय नवीकरण शुल्कमा छुट सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।
यस्तै, कर तथा गैरकर राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरि परिचालन गरिने घोषणा गरेको छ भने नगरपालिकाले कर संकलनको लागि व्यवस्था गरेको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरि सबै करहरुलाई करदाताको पहुँचमा वृछि गर्ने आवश्यक प्रबन्ध मिलाउने घोषणा गरेको छ ।
यसका साथै सहकारी संस्थाको दर्ता, नवीकरण कार्यलाई विद्युतीय प्रणालीमा आवद्द गर्ने उल्लेख गरिएको छ भने नगरक्षेत्रमा सञ्चालित अन्य संस्थागत विद्यालय तथा क्यापसहरुमा निःशुल्क छात्रवृद्धि प्रदान गर्ने घोषणा गरेको छ ।
नगरपालिकाले आधारभुत तह (कक्षा १–५०्) का विद्यार्थीका लागि दिँइदै आएका दिवा खाना कार्यक्रमलाइए थप प्रभावकारी बनाउनका लागि नगरपालिकाबाट दैनिक खाजा तालिका र सुची तयार गरि स्थानीय रैथाने उप्पादनसँग जोड्दै ‘ एक नगर एक खाजा तालिका’ कार्यान्वयनमा ल्याउने भएको छ ।
मेयर सँग नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत वडामा मासिक रुपमा १ जना चिकित्सक सहित मोवाइन क्लिनिक सेवा उपलव्ध गराइ टेलिमेडिसियनलाई प्रात्सोहन गरिने र सोही अनरुप बहिरङ्ग सेवा उपलव्ध गराउने घोषणा गरेको छ ।
नगरपालिकाले ७० बर्ष नाघेका जेष्ठनागरिकलाई घरदैलो स्वास्थ्य परिक्षण गर्ने व्यवस्था तथा नेपाल सरकार तोकेका औषधी निः शुल्क उपलव्धि गराउन आवश्वयक प्रबन्ध मिलाउने भएको छ ।
त्यस्तै, सार्वजनिक सडकलाई र्पािकङ निषेधित क्षेत्र कायम गर्ने आवश्यक भएकाले चालु आर्थिक बर्ष बाटै सडक चौडाइ न्युनतम ८ मिटर भन्दा कम सडकहरुमा पार्किङ निषेधित गनृ आवश्यक प्रबन्ध मिलाउने घोषणा गरेको छ ।