कास्की:- राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ ।
सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् भने उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक विमान यथाशीघ्र संचालनको व्यवस्था गर्नु पर्ने मांग समेत राखे । पोखरा विमानस्थललाई चीनले वीआरआई सङ्ग जोडर अन्तर्राष्ट्रिय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खण्डन र चीनलाई कुटनीतिक नोट नेपाल सरकारले माग नगरूनजेल अन्तर्राष्ट्रिय समुदाय एयरपोर्ट प्रतिको संदेह नहटने बताए ।
एयरपोर्टमा भएको भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा नल्याए सम्म आफूहरुको आन्दोलन जारी रहने बताए । कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता महादेव गुरुङ लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।