मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

4

हेटौंडा । थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक श्रमिकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत्यु हुनेमा नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेका छन् ।उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापामगरले जानकारी दिए ।

प्रहरीले कम्प्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।