प्रहरी उपरीक्षक विष्टले गरे पत्रकारसँग भेटघाट

3

दमौली/२७, माघ
जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखको रुपमा हालै सुरुवा भइ आएका आएका प्रहरी उपरीक्षक अवदेश विष्टले शुक्रबार पत्रकार भेटघाट गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट तनहुँ सरुवा भएर आएका विष्टले पहिलो पटक तनहुँका पत्रकारसँग भेटघाट गरेका हुन् । पत्रकारसँगको भेटघाटका क्रममा विष्टले जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गराउने वताए । यस अघिका प्रहरी प्रमखहरुले झै विष्टले अपराध, घरेलु हिंसा, लागुपदार्थ दुव्र्यसनी लगायतलाई न्यूनीकरण गर्ने दावी गरे ।
‘गण्डकी प्रदेशको प्रवेशद्वारकै जिल्ला तनहुँ हो, यहाँ शान्ति, सुरक्षा कायम राख्दै अपराध, लागुपदार्थ ओसारपसार, विभिन्न प्रकारका हिंसा न्यूनिकरण र निमूलिकरण मेरो प्राथमिकतामा रहने छ, प्रदेश प्रवेशद्वारमा नियन्त्रण भएमा अन्य जिल्लाको विभिन्न घटनामा समेत न्यूनीकरण हुने मेरो विश्वास छ,’ प्रहरी उपरीक्षक विष्टले भने ।
जिल्लामा लागुपदार्थ, घरेलु हिंसा, रोड ट्राफिकको समस्या रहेको र यसको नियन्त्रणका लागि कडाईका साथ काम गर्ने उनको भनाई छ । कानुनबमोजिम स्पष्ट रुपमा ती विषयमा कार्य गर्नेछु उनले भने । पत्रकारलाई आवश्यकीय र दिन मिल्ने सूचना सहज रुपमा प्रदान गर्ने बताउँदै विष्टले पत्रकार र आमनागरिकले सकारात्मक सहयोग गर्ने अपेक्षा लिएको जनाए ।
‘तनहुँ शान्त जिल्ला हो, सञ्चारकर्मी र आमनागरिकले प्रहरी प्रशासनलाई सहयोग गरेको पाइएको छ, मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सहयोग गर्नेछु’, उनले भने । उक्त कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक भानु शर्माले गरेका थिए ।