२५ कार्तिक, दमौली । सत्ता गठवन्धनका तर्फबाट तनहुँ क्षेत्र नं १ प्रदेश ‘क’का उम्मेदवार अशोक कुमार श्रेष्ठले काम गरेर देखाउने तर गर्न नसक्ने झुट्टा आस्वासन नबाढ्ने वताएका छन् । कांग्रेस युवा नेता श्रेष्ठले शनिवार भानुमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सो वताएका हुन् । उनले एकपटक सेवा गर्ने अवसर प्रदान गर्न सबैमा आग्रह गरे । समाजमा व्यप्त विभेद, गरिबी, वेरोजगारी लगायतका समस्या समाधानका लागि विशेष पहल गर्ने उनले प्रतिवद्धता जनाए । बोल्ने भन्दा पनि काम गरेर देखाउने मिहिनेती स्वभावका श्रेष्ठले आफ्ना प्रतिवद्धताहरु पुरा गर्ने जनाए ।
सामाजिक र आर्थिक रुपान्तरण र विकासका पक्षमा काम गर्ने वताउदै उनले जिल्लाको विकास र समृद्धिका लागि आफू सधै अग्रपंक्तिमा उभिने दावी गरे । प्रचार प्रसार र घरदैलो अभियान तीव्र पारेका श्रेष्ठले स्थानीयवासीबाट प्राप्त माया र सहयोग गर्ने उनीहरुको प्रतिवद्धताले आफूलाई प्रोत्साहित बनाएको वताए ।