भक्तपुरमा कांग्रेसको प्रदेशसभा अधिवेशनः कस-कसको भयो पल्ला भारी

51

मंसिर ५,
भक्तपुर । नेपाली कांग्रेसको चौधो महाधिवेशन अन्तर्गत २ निर्वाचन क्षेत्र रहेको भक्तपुर चार प्रदेश सभा रहेको छ । निर्वाचन क्षेत्र न. १ प्रदेश सभा (क) चाँगुनारायणको सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन् । उप सभापतिद्धयमा दिनेश अवाल र रमेश के.सी लामिछाने बिजयी भए । सचिवद्धयमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहचिवद्धयमा संजिव पुरी र सरिता थापा निर्वाचित भएका कांग्रेस भक्तपुरले जानकारी दिएको छ ।
सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) भक्तपुरमा शिवप्रसाद अवाल सभापति पदमा निर्वाचित भएका छन् । उप सभापतिद्धयमा राम कुमार फाँजु र गणेशलाल मुनकर्मी बिजयी भए । सचिवद्धयमा भक्ति अवाल र रुमन श्रेष्ठ, सहचिवद्धयमा सृजना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका कांग्रेस भक्तपुरले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र न. २ (क) प्रदेश सभा सूर्यविनायकमा प्रदिप कार्की सभापति पदमा निर्वाचित भएका हुन् । सो प्रदेश सभाको उपसभापतिद्धयमा शशिकुमार न्यौपाने र भगवान खत्री निर्वाचित भए । सचिवद्धयमा राजाराम थापा र शुसिला ढुंगेल, सहचिवद्धयमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका कांग्रेस भक्तपुरले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र २ न. (ख) प्रदेश सभा मध्यपुरमा ओम प्रकाश श्रेष्ठ सभापति पदमा निर्वाचिन भएका छन् । सो प्रदेश सभाको उपसभापतिद्धयमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर निर्वाचित भए । सचिवद्धयमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहचिवद्धयमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् ।