साझा यातायात लामो दुरीमा पनि सञ्चालन हुने

111

काठमाडौँ । साझा यातायात लामो दुरीमा पनि चल्ने भएको छ ।

बुधबारबाट साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको जानकारी दिइएको छ ।

काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।

बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ । साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो ।