स्वास्थ्य मापदण्डबारे सरकार र सरोकारवाला बिच छलफल

20

काठमाडौँ । भोलि असोज १ गतेबाट खुल्ने सार्वजनिक यातायातमा लागु हुने स्वास्थ्य मापदण्डबारे सरोकार क्षेत्र र सरकारबिच आज छलफल भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघ सम्मिलित संयुक्त कार्यदलसंगै प्रहरी, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि लगायतले यातायात क्षेत्रमा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डबारे सरकारसंग छलफल गरेको हो ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गते बाट लामो तथा छोटो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा आउने निर्णय गरेको थियो । सरकारको निर्णयसंगै यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरू यातायात सञ्चालनका लागि गृहकार्यमा जुटेका हुन् ।
बैठकमा कोरोना भाइरस फैलन नदिनका लागि सम्बन्धित निकायसंग छलफल गरिएको अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले यातायात टाइम्सलाई जानकारी दिए ।

स्वास्थ्य मापदण्ड आजै साँझसम्म तयार हुने बताइएको छ । स्वास्थ्य मापदण्ड अन्तर्गत यात्रु, चालक तथा सह–चालकले अपनाउनु पर्ने नियमहरू रहेका छन् । लामो दुरीको हकमा खाना खाने स्थानको व्यवस्था मिलाउन स्थानिय पालिका तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।