काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध बनेको हो ।
चितवनको इच्छा मनकामना गाउँपालिका ६ पाँचकिलो नजिक चोरखोलामा राती फेरि भारी वर्षात भएर पहिरो गएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।