तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

95

काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रदेश ३(०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गौतमलाई गएराति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो ।

उपचारका क्रममा उनको सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।