यतिबेला विश्व नै कोरोना महामारीबाट आक्रान्त बनेको छ । यसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारमा रहेका नेपालीहरू पनि परेका छन् । कोरोना कहरका कारण विदेशमा रहेका ठूलो संख्याका नेपालीहरू रोजगारी गुमेर अलपत्र बनेका छन् भने सरकारले अलपत्र अाफ्ना नागरिकहरूलाई धमाधम उद्धार गरिरहेको छ ।
विभिन्न ५८ देशबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको छ । हालसम्म ५३ हजार बढीको उद्धार भएको छ । जसमध्ये सबैभन्दा बढी युएइबाट १५ हजार बढीको उद्धार गरिएको छ ।
यस्तै मलेसियाबाट आठ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । साउदीबाट आठ हजार, कुवेतबाट छ हजार जना नेपाली स्वदेश आएका छन् । यस्तै, कतारबाट पाँच हजार स्वदेश फर्किएका छन् ।
यो अवधिमा जापानबाट एकहजार नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट एक हजार ८७ जना स्वदेश फर्किएको उल्लेख छ । दक्षिण कोरियाबाट ९ सय बढी स्वदेश फर्किएको सीसीएमसीले बताएको छ ।
अन्य विभिन्न मुलुकबाट पनि अलपत्र परेका नेपालीहरूलाई नियमित रुपमा उद्धार गर्ने कार्य जारी रहेको छ ।