काठमाण्डौं । काठमाण्डौ उपत्यकामा दुई वर्षमा सकिने भनेर ठेक्का लगाएका सडक आयोजना ५ वर्षसम्म पनि सकिएका छैनन् । काठमाण्डौ सडक विस्तार आयोजनाले उपत्यकामा ९ वटा सडक विस्तारको काम गरिरहेको छ ।
ठेकेदारसँग पटक–पटक म्याद थपको सम्झौता भए पनि अहिलेसम्म थपिएका म्यादमा पनि कुनै पनि सडक आयोजनाको काम सकिएको छैन । सडक विस्तारको काम सम्पन्न हुन नसक्दा बर्खामा सडक आहाल बन्ने गरेका छन् भने हिउँदमा धुलैधुलो हुन्छन् । सडकका खाल्डाखुल्डीका कारण धेरै दुर्घटना समेत हुने गरेको छ ।