समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक

काठमाण्डौं । विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।...

टंक बुढाथोकीको चलचित्रमा अशोक दर्जीसंगै नीता ढुंगाना मुख्य भुमिकामा

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् । अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।

हामी र हाम्रो समाजको १८ औं कृति सार्वजनिक

काठमाडौं । विष्णु थापा ‘विछोड’को ‘नीलो माइक्रोजस्तो नदी’ कविता-कृति लोकार्पण भएको छ। शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा हामी र हाम्रो कृति समाजद्वारा आयोजित कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली, डा कौशिला रिसाल, डा विनोद मञ्जन, प्राडा...

अस्मिता र सुमनले ल्याए  “सौभाग्य मेरो जीवनको”

काठमाडौँ - बेजिला फिल्मस् को  प्रस्तुतिमा रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश...

‘घामको झुल्को’  संगै खुलिन् बबिना   ( भिडियो सहित ) 

काठमाडौं : जीवन जिउने आधार प्रेम हो, प्रेम नै जीवन हो, जीवन र प्रेम विच अन्योन्याश्रित सम्वन्ध छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, प्रेम विनाको जीवन पलाँसको फूल जस्तै हो ।  प्रेम भए जीवन...

प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता : बिजेता टाेलीले नगद रू. ५० हजार पाउने

भक्तपुर । चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे । नगरकोट भ्रमण वर्ष-२०८२ लाई...

पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी

काठमाडौं । निर्माण अगाडि नै सुपरहिट प्रचार पाएको चलचित्र हो–‘पुष्पा–२ द रुल’ । पुष्पा अब कसैको नाम मात्र रहेन, ब्रान्ड भइसकेको छ। ‘पुष्पा २’ सन् २०२१ को तेलुगु ब्लकबस्टर फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो।...

कोइली बनैमा गीत लिएर आए गायक दिपेश विष्ट

काठमाडौं :  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले...

मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक

केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) 'तिमी त मेरो ह्याप्पी हर्मोन' आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् । स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस...

च्वाप्वगुँथें तुथुगु योमरी बोलको सांस्कृतिक गीत लोकार्पण 

भक्तपुर । च्वाप्वगुँथें तुथुगु योमरी बोलको सांस्कृतिक गीत लोकार्पण भएको छ । भक्तपुरमा एक कार्यक्रमका बिच सांस्कृतिक गीत लोकार्पण भएको हो । नेवारहरूको मौलिक खानामा पर्ने योमरी पूर्णिमाको सङ्घार मा धेरैको मुखमा झुन्डिएको परिकार...