भ्रष्टाचारविरोधी अभियान्ता लामा सँग झा भेटघाट : काठमाडौँ भेटले क्षेत्रीय सहकार्यको नयाँ संकेत

1

काठमाडौँ — भ्रष्टाचार विरोधी अभियन्ता प्रेम ध्वज लामा र मधेशका प्रभावसाली स्वतन्त्र युवा नेता उज्जवल कुमार झाबीच काठमाडौँमा भेटघाट भएको छ। जनकपुरबाट काठमाडौँ आएका झाले आफू पनि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका क्रममा लामा र झाले सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनका लागि संयुक्त पहल आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूबीच भारत र नेपालबीच औद्योगिक, आर्थिक तथा सामाजिक विकासलाई तीव्र बनाउने विषयमा समेत गहन छलफल भएको बताइएको छ।

दुवै अभियन्ताले भ्रष्टाचार नियन्त्रण बिना दिगो विकास सम्भव नभएको उल्लेख गर्दै सीमापार सहकार्य, नागरिक निगरानी र नीतिगत सुधारमार्फत अभियानलाई अझ प्रभावकारी बनाउने संकेत दिएका छन्। लामा–झा भेटले भ्रष्टाचारविरोधी आन्दोलनमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।