रौतहट । जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा मंसुर आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा सोमवार साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सई शनिदेवल साहको नेतृत्वमा खटिएको टोलीले उनलाई घरमै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कैदीलाई हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ। उनलाई कारागार कार्यालय सर्लाहीमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।