जन्म दिनको अवसरमा रविन्स लामाद्वारा क्यान्सर अस्पतालका बिरामीलाई खाना वितरण

24

 

भक्तपुर  । जन्म दिनको अवसरमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्को गरी बिस्तारै अन्त्य हुँदै जान थालेको छ ।

फजुल खर्च भन्दा गरिब असहाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देश दिनकै लागि भए पनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफ्नो जन्म दिनलाई केही फरक गर्न रविन्स लामाले भक्तपुर क्यान्सर अस्पतालमा बिरामीलाई खाना वितरण गर्नु भएको छ । जन्म दिनको अवसरमा शुक्रवार अस्पतालमा उपचार गराई रहेका बिरामीहरूलाई उहाँले खाना वितरण गर्नु भएको हो । क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरूलाई पोषणको अभाव हुने भएका कारण उनीहरूलाई पोषणका लागि पनि बिरामीले खान मिल्ने डक्टरहरूको सल्लाहअनुसारका खानाहरू लामाले बिरामीलाई वितरण गर्नु भएको हो ।

पछिल्ला दिनहरूमा जन्म लिनलाई मानव सेवा आश्रम, गरिब असहाय र बिरामीहरूलाई सहयोग गर्ने कार्यले नेपालीहरूमा भाइ चाराको भावना अझ प्रगाढ हुँदै गएको भक्तपुर क्यान्सर अस्पतालका डाइरेक्टर उज्ज्वल चालिसेले बताउनुभयो । उहाँले सबै बिरामीको आफ्नो राम्रो आर्थिक हैसियत नहुन पनि सक्छ उहाँहरूलाई यसरी सहयोग हुँदा राहत समेत मिल्ने उहाँले बताउनुभयो ।

लामाले अस्पतालमा उपचार गराउँदै आएका २ सय बिरामीहरूलाई खानाको व्यवस्था गर्नुभएको थियो ।

यस्ता कार्यले भाईचारका सम्बन्ध देखि लिएर एक नेपालीलाई पर्ने पीडा अर्को नेपालीलाई बोध हुने गरी समाज सेवाका कार्यक्रमहरू बिस्तारै अघि बढिरहेकाले केही हद सम्म भए पनि लक्षित समुदाय भने लाभान्वित बन्न थालेको छ ।