पनौतीका प्रजातन्त्र सेनानी प्रेमलाल महाजुको ९२ वर्षको उमेरमा निधन

13

पनौती — नेपाली कांग्रेस पनौती नगरका संस्थापक सभापति तथा अग्रज नेता प्रजातन्त्र सेनानी प्रेमलाल महाजुको ९२ वर्षको उमेरमा निधन भएको छ।

स्व. महाजु लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहनुका साथै प्रजातन्त्र स्थापनाका क्रममा महत्वपूर्ण योगदान दिनु भएका एक सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली राजनीतिमा एक समर्पित र आदर्श नेतृत्व गुमाएको छ।

नेपाली कांग्रेसका स्थानीय तथा राष्ट्रिय नेताहरूले स्व. महाजुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका छन्। अन्तिम संस्कार पारिवारिक विधिअनुसार सम्पन्न गरिएको जनाइएको छ।