जन्मकैद सजायका फरार व्यक्ति २३ वर्षपछि पक्राउ

5

कपिलवस्तु : कर्तव्य ज्यान मुद्दामा परी जन्मकैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई पासीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो।

पक्राउ परेका पासीले २०५४ साल भदौ २ गते स्थानीय अतावरी कोरीलाई कर्तव्य गरी मारेको प्रहरीले जनाएको छ। सोही घटना अन्तर्गतको कर्तव्य ज्यान मुद्दामा पासीलाई जिल्ला अदालत कपिलवस्तुले २०५९ साल असार १७ गते जन्मकैदको फैसला सुनाएको थियो।
घटना भए लगत्तै फरार भई अदालतबाट जन्मकैद सजाय तोकिएका पासीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। पक्राउ परेका पासीलाई जन्मकैद भुक्तानका लागि कपिलवस्तु कारागारमा पठाइएको प्रहरीले जनाएको छ।