काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल गरिनेछ।
पार्टी सभापति रवि लामिछाने को स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने तय गरिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जनाइएको छ।















