काठमाडौँ। निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निश्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि सो आचारसंहिता लागू भएको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएकोमा आजदेखि उक्त आचारसंहिता लागू नरहने आयोगले जनाएको हो ।















