रेडक्रसद्वारा भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू

7

भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू

भक्तपुर – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमि नगरपालिका विपद् शाखाको संयुक्त पहलमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरू भएको छ।

कार्यक्रमअन्तर्गत पहिलो दिन आदर्श मावि, सानोठिमी मा अभिमुखीकरण सम्पन्न भएको छ, जसमा ६८ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य उद्देश्यहरू  विपद् जोखिम न्यूनीकरण सम्बन्धी चेतना अभिवृद्धि, विद्यालयस्तरमा आपत्कालीन पूर्वतयारी र प्रतिकार्य क्षमता विकास, विद्यार्थीहरूलाई सडक सुरक्षाका नियम तथा सावधानीबारे प्रशिक्षण रहेको भक्तपुर रेडक्रसका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई प्राकृतिक विपद्, आकस्मिक उद्धार प्रक्रिया, प्राथमिक उपचार, र सुरक्षित यात्रा प्रविधि बारे जानकारी प्रदान गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका प्रतिनिधिहरूले विद्यार्थीहरूको सक्रिय सहभागिता अत्यन्त उत्साहजनक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराएका छन्।

भविष्यमा अन्य विद्यालयहरूमा समेत यस किसिमका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको आयोजक पक्षले जनाएको छ।